काठमाडौं मंसीर २५। निर्वाचन आयोगले समानुपातिक सांसदको नामावलीमाथि छानबिनको काम आजबाट सुरु गर्दैछ ।
यदि क्लष्टर नमिलेको भए सच्याएर फेरी पेश गर्न दलहरुलाई आइतबार नै पत्राचार गर्ने आयोगले जनाएको छ । दलहरुले त्रुटि गरेको भए सोमबार सम्म नाम सच्याउन सक्नेछन् ।
निर्वाचन आयोगमा राजनीतिक दलहरुले समानुपातिक सांसदहरुको सूची शनिबार बुझाएका थिए ।
आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । ति नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ ।
दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline