चुनावमा अपेक्षा अनुसार सिट नआए पनि माओवादीको भूमिका कमजोर भएको छैन : प्रचण्ड

चुनावमा अपेक्षा अनुसार सिट नआए पनि माओवादीको भूमिका कमजोर भएको छैन : प्रचण्ड

  • शनिबार, मंसिर २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

मंसीर २४ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय संसदमा अपेक्षा अनुसार सिट नआए पनि राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका निर्णायक रहेको बताएका छन् ।

शनिबार माओवादी निकट निजामती कर्मचारीको कार्यक्रममा प्रचण्डले राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकाको अवमुल्यन कसैले गर्न नसक्ने दाबी गरे ।

१२२ स्थानीय तह हाम्रो नेतृत्वमा छ, प्रदेशमा ७४ सालकै हाराहारीमा छौँ तर संघमा अपेक्षा अनुसार भएन , त्यसका बाबजुद हाम्रो भूमिका खुम्चिएको छैन, उनले भने ।

उनको निर्वाचन परिणामबाट निराश नहुन निर्देशन दिँदै कार्यकर्ताहरुलाई आत्मसमिक्षा गरेर मिहिनेत गरेर पार्टीलाई पुनसंगठित गर्नु पर्ने बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ