मंसीर २४ काठमाण्डौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाण्डौंको मेयर बालेन्द्र शाहलाई गरीबहरुलाई बन्दुक र लाठीले मात्र खेदिरहेर समस्याको समाधान नहुने सुझाव दिएका छन् ।
फुटपाथ व्यवशायीलाई लेखेटेको भिडियो शेयर गर्दै भट्टराईले फुटपाथ व्यवसायीको व्यवस्थापन र पुनःस्थापना यसको समाधान भएको सुझाव दिएका छन्। लाठी र बन्दुकको बलमा उनीहरूलाई लखेट्ने काम नरोकिए विस्फोट हुने चेतावनी उनले दिएका छन्।
उनले आफू पनि अरबान एण्ड रिजनल डेभलपमेन्ट प्लानिगंको बिद्यार्थी भएको स्मरण गर्दै भनेका छन्, सहरीकरण, अनौपचारिक श्रमरअर्थतन्त्र,धनीरगरिबको विभेदीकरण संक्रमणकालीन समाजरअर्थतन्त्रको संरचनात्मक समस्या हो। यसको दिगो समाधान लाठीरबन्दुक हैन, योजनाबद्ध व्यवस्थापन र उचित पुनर्स्थापना हो। नत्र विस्फोट हुन्छ। चेतना भया ’
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline