मंसीर २३ काठमाण्डौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले आफू नेतृत्वको नेपाली काँग्रेसलाई सबै भन्दा ठूलो दल बनाईदिएकोमा जनतालाई धन्यवाद दिएका छन् ।
आज ट्वीटर मार्फत उनले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन्।
ुप्रिय मतदाता, नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद,ु ट्वीटरमा लेखेका छन् । कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकतर्फ ३२ सिट जितेको छ। ८९ जना सांसद सहित संघीय संसदमा कांग्रेस सबैभन्दा ठूलो दल भएको छ । बागमती, गडण्की, कर्णाली र सुदूरपश्मि गरी ४ प्रदेशमा पनि नेपाली कांग्रेस पहिलो दल बनेको छ ।
अब देउवा संसदीय दलको नेता बन्दै पुनः प्रधानमन्त्री बन्ने दौडमा सबै भन्दा अगाडी छन् ।
पार्टी भित्र उनलाई गगन थापाले चूनौती दिए पनि सांसदहरुमा आफ्नो पक्षमा बहुमत रहेकाले देउवा निर्वाचित हुने संभावना बढी छ ।
गठबन्धनबाट उनी प्रधानमन्त्री हुने निश्चित जस्तै देखिएको छ ।