मंसीर २२ चितवन । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचन परिणामले देश थप आर्थिक राजनीतिक संकटमा जाने खतरा रहेको भन्दै अब काँग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्ने बताएका छन् ।
आज चितवनमा पत्रकार सम्मेलन गर्दै पाण्डेले काँग्रेस र एमालेबीच थुप्रै पटक कठिन परिस्थितिमा सहकार्य भएको भन्दै गठबन्धनको सरकार बने धेरै दलको सरकार हुने र चित्त बुझाउन खोज्दा प्रधानमन्त्री कमजोर हुने तर्क गरे ।
यसले संसदले जनताले अपेक्षा गरे अनुसारको परिणाम दिन नसक्ने भन्दै काँग्रेस र एमाले मिल्नुको विकल्प नरहेकोमा उनले जोड दिए ।
एक प्रसंगमा स्वतन्त्र पार्टीको उदय भेलबाढी मात्र भएको टिप्पणी गरे ।
तत्काल वाम एकता भने नहुने पाण्डेको जिकिर छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline