वकिलको अवरोधपछि जबरा सर्वोच्च प्रवेश गरेनन्

वकिलको अवरोधपछि जबरा सर्वोच्च प्रवेश गरेनन्

  • बुधबार, मंसिर २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

मंसिर २१ , काठमाडौँ । वकिलहरुको अवरोधपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज सर्वोच्च प्रवेश गरेनन् । राणा सर्वोच्चमा आउने सूचना पाए लगत्तै कानुन व्यवशायीहरु धर्नामा बसेका थिए ।
यता सरकारले समेत राणालाई सर्वोच्च नजान सरकारले समेत निर्देशन दिएको थियो ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले २०७८ फागुन १ गते संसदमा दर्ता महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि चोलेन्द्र सर्वोच्च फर्किने तयारीमा थिए।

बारका पदाधिकारीहरु बैठकलगत्तै चोलेन्द्रलाई रोक्न सर्वोच्चको गेटमा धर्ना बसे। संसद सचिवालयले महाअभियोग निष्प्रभावी भइसकेको पत्र दिए पनि सरकारले उनलाई सर्वोच्च छिर्न नदिन निर्देशन नै दियो।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई जबरा बालुवाटारबाट आएर सर्वोच्चमा छिर्न खोजे रोक्न निर्देशन दिएको थियो।

सरकारको निर्देशन र वकिलहरुको पनि अवरोधका कारण जबरा सर्वोच्च फर्किन सकेनन्। उनले दिउँसो ३ बजे आफू सर्वोच्चमा हाजिर हुने बताएका थिए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ