मंसीर २१ काठमाण्डौँ । संघीय संसद् सचिवालयले महाभियोग निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत आउन लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बारले प्रवेशमा अवरोध गर्ने घोषणा गरेको छ ।
नेपाल बार एसोसिएसनका महासचिव अञ्जिता खनालका अनुसार संसद् सचिवालयको पत्र असंवैधानिक रहेको कारण जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिन आन्दोलन गर्न लागिएको छ । सर्वोच्च अदालतको गेटमै बसेर धर्ना दिने र प्रवेशमा अवरोध गर्ने कानुन व्यवशायीहरुले तयारी गरेका छन् ।
राणालाई सर्वोच्च जान दिनु संसद सचिवालयले नै भनिसकेको छ । उनको महाअभियोग निष्क्रिय भएको छ । उनी अवकाश पाउनु अघि सर्वोच्च छिर्ने तयारीमा छन् । यद्यपि, उनले कानुनी र प्रशासनिक काम भने नगर्ने बताएका छन् ।
त्यसका बाबजुद पनि कानुन व्यवशायीहरु उनलाई सर्वोच्चमा फर्किन दिन तयार भएका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline