मंसीर १९ काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर चितवन २ बाट सांसद समेत निर्वाचित भईसकेका रवि लामिछानेको नागरिकता विवादबारे परेको उजुरीमाथि प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।
जिल्ला प्रशासन कार्यलय काठमाण्डौँबाट पत्राचार भए लगत्तै प्रहरीले रविले प्रयोग गरेको नागरिकता सम्बन्धि अनुसन्धान अघि बढाएको हो ।
निर्वाचन आयोगमा रविले मनोनयन गर्दा खेरी नै उजुरी परेपनि आयोगले मौनता साँधेपछि गृहमन्त्रालय, अख्तियार र काठमाण्डौँ जिल्ला प्रशासन कार्यलयमा उजुरी परेको थियो ।
अख्तियारले पनि गृह र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी यस विषयमा अनुसन्धान गर्न भनेको छ ।
अमेरिकी पीआर नत्यागी नेपाल बसेका उनी यसअघिदेखि नै विवादमा परेका थिए। विदेशी नागरिक भएर पनि नेपालमा काम गरेको आरोपमा उनीमाथि पटक पटक छानबिन भएको थियो।
तर पछिल्लो समय उनले अमेरिकी पीआर लिएपछि पनि नेपाली नागरिकता नत्यागेको खुलेको थियो। अर्कातिर विवादमा परेपछि उनले अमेरिकी पीआर त्यागेको बताए पनि नेपाली नागरिकता लिने प्रक्रिया अघि बढाएका थिएनन्।
कुनै पनि नेपालीले अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता स्वतः रद्द हुने व्यवस्था छ। यस्तोमा उनले अमेरीकी पीआर त्यागिसकेपछि नयाँ नेपाली नागरिकता लिने प्रक्रिया अघि नबढाइ रद्द भइसकेको नागरिकता नै निर्वाचन आयोगमा पेश गरेको आरोप छ। विवादमा परेपछि उनले आफूले नयाँ नागरिकता लिए नलिएको अहिलेसम्म केही खुलाएका छैनन्।
छानबिनबाट लामिछानेको नागरिकता र राहदानी गैरकानुनी मानिए सांसद पद धरापमा पर्न सक्नेछ ।
साथै उनलाई सजाय समेत हुन सक्ने कानुनी व्यवस्था छ ।