सत्ता गठबन्धनको बैठक बस्दै निर्वाचन समिक्षा र आगामी सरकारबारे छलफल हुँदै

सत्ता गठबन्धनको बैठक बस्दै निर्वाचन समिक्षा र आगामी सरकारबारे छलफल हुँदै

  • सोमवार, मंसिर १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

मंसीर १९ काठमाण्डौँ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सत्तारूढ गठबन्धनको पहिलो बैठक आज बस्ने तयारी छ ।

चुनावी समीक्षा र नयाँ सरकार निर्माणलगायतमा पावर सेयरिङबारे प्याकेजमा छलफल हुनेछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका पद प्याकेजमै टुंग्याउने तयारी गठबन्धन दलहरूको छ ।

बैठक अपरान्ह ३ बजे बस्नेछ ।

गठबन्धनले चुनावी समिक्षा गरिसकेपछि शक्ति बाँडफाँटमा प्रवेश गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । ‘सुरुमा चुनावी समीक्षा हुन्छ ।

प्रतिनिधिसभामा सत्तारूढ गठबन्धन बहुमतनजिक पुगेको छ । गठबन्धनबाट कांग्रेसले सबैभन्दा धेरै ५७ सिट जितेको छ । माओवादीले १७ सिट जितेको छ । एकीकृत समाजवादीले १०, लोसपाले चार र जनमोर्चाले एक सिट जितेका छन् ।

प्रतिनिधिसभामा एक सिट जितेको सिके राउत नेतृत्वको जनमत पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन तयार देखिएको छ ।

नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जान सकारात्मक देखिएको छ । उन्मुक्ति पार्टीसँग एक स्वतन्त्रसहित तीन सांसद छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ