उपेन्द्रको घोषणाः अब एमालेसँगको सहकार्य सकियो

उपेन्द्रको घोषणाः अब एमालेसँगको सहकार्य सकियो

  • आइतवार, मंसिर १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

मंसीर १९ विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको समीकरण चुनाव सम्म मात्रै रहेको बताएका छन् ।

आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले निर्वाचनमा एमालेले केही ठाउँमा जसपालाई र जसपाले केही ठाउँमा मात्र एमालेलाई सघाएको स्मरण गरे । ‘एमालेले केही ठाउँमा हामीलाई सघाएको थियो केही ठाउँमा हामीले सघाएका थियौँ भने त्यो गठबन्धन थिएन । चुनावी समीकरण मात्रै थियो । चुनाव सकिएसँगै सबै सकियो’, उनले भने ।

यादवले सरकारमा सहभागी हुने नहुने भन्ने बारेमा निर्णय नभएको बताए । अहिलेको प्रतिपक्षमा बस्ने जनमत आएकाले अहिले नै के गर्ने भन्ने निर्णयमा नपुगिएको उनले बताए । संघीय सरकारमा मात्रै नभई सात वटै प्रदेश सरकारमा पनि के गर्ने भनेर निर्णय गरेर मात्रै अगाडि बढ्ने उनको भनाइ छ ।

परिवर्तन गर्न चाहनेहरूलाई यो चुनावले पराजय गराएको समेत अध्यक्ष यादवले गुनासो गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ