मंसीर १८ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा बसिरहेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मंसिर ४ को चुनावी समीक्षा, नयाँ सरकार निर्माण र समसामयिक विषयमा छलफल जारी छ ।
माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार बैठकमा चुनावी समीक्षा र समसामयिक राजनीतिबारे छलफल हुँदैछ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जाने सबै विकल्प खुला गरेको थियो। माओवादीले सरकारको नेतृत्वमा दावी गर्दै आएको छ ।
माओवादी बृत्तमा कांग्रेसले आफूहरुलाई भोट नदिएको भनेर असन्तुष्टि छ।
सरकारमा जानेबारे सबै विकल्प खुला गरेपछि माओवादीले नेकपा एमालेसँग पनि मिल्न सकिने भनेर नेपाली कांग्रेसमाथि दबाब बढाएको छ।
बैठकले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढ्ने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले बताएका छन्।