मंसीर १६ काठमाण्डौँ । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले निरन्तर अग्रता बनाएका छन् ।
अहिले गौरीशंकर गाउँपालिकाको ८ ओटा वडाको गणना सकिँदा उनले १४ सय ३८ मतले अग्रता लिएका हुन्। ८ वटा वडाको गणनामा कार्कीले ४ हजार १०५ ५ र एमालेका बालकृष्ण शिवाकोटीले २६ सय ६७ मत ल्याएका छन्।
प्रतिनिधि सभा तर्फ गाउँपालिकाका ८ ओटा वडाको मतगणना सकिएको स्थानीय अधिकारीहरुले जनाएका छन्। दोलखामा २ नगरपालिका, ७ गाउँपालिकामा ७४ वडा छन्।
प्रदेश सभा सदस्य तर्फ क्षेत्र नं १ मा कांग्रेसका कुन्दन राज काफ्लेले १ हजार १८ र क्षेत्र नं २ मा कांग्रेसका बर्मा लामाले ९ सय ५४ मतल अग्रता लिएका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline