मंसीर १५ ललितपुर । नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा शेर बहादुर देउवाले चाहना राखेपछि दाँया बाँया नहुने बताएका छन् ।
सुर्खेतबाट चुनाव जितेर फर्किएका खड्काले ललितपुरमा स्वर्गीय नेता कृष्ण प्रसाद भट्टराई आश्रममा पुगेर सो कुरा बताएका हुन् ।
उनले गगन थापा, रामचन्द्र पौडेलप्रति लक्षित गर्दै पार्टी भित्रबाट आकांक्षा राख्ने कुरा अन्यथा नहुने तर अहिले देउवाले ईच्छा गरेमा उनलाई सर्वसम्मत संसदीय दलको नेता र प्रधानमन्त्री बनाउनु पर्ने बताए ।
देउवाकै नेतृत्वमा काँग्रेस र गठबन्धन निर्वाचनमा गएको भन्दै खड्काले अबको सरकारको नेतृत्व पनि देउवाले गर्ने दावी गरे ।
त्यस अघि आजै खड्काले माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरी आगामी सरकारका बिषयमा छलफल गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline