वर्तमान गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

वर्तमान गठबन्धनकै सरकार बन्छ : प्रचण्ड

  • बिहिबार, मंसिर १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

मंसीर १५ सिन्धुपालचोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनको पक्षमा स्पष्ट बहुमत पुगिसकेकाले गठबन्धनकै सरकार बन्ने दावी गरेका छन् ।

परिवार सहित सिन्धुपालचोकको सुकुटे पुगेका प्रचण्डले माओवादी , एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसद मिलाएर सरकार बन्ने बताए ।

काँग्रेस पनि यही गठबन्धनलाई निरन्तरता दिनेमा प्रतिवद्ध रहेकाले सरकार यसैबाट बन्ने उनको भनाई छ ।

तर सरकार गठन आदि विषयमा अन्तिम छलफल भने चुनावी नतिजा सबै आईसकेपछि मात्रै शुरु हुने प्रचण्डले जानकारी दिए ।

साथै माओवादी आन्दोलनको ईतिहास र अहिलेको परिवर्तनको रक्षाको जिम्मा अब युवाहरुको काँधमा आईपुगेको बताउदै अब त्यो प्रकृयाको थालनी गरेर नयाँ ढंगले अघि बढ्ने पनि प्रचण्डले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ