काठमाण्डौँ महानगरको गेट अगाडी मेयर बालेन शाह बिरुद्ध सुकुम्वासीहरुको प्रदर्शन

काठमाण्डौँ महानगरको गेट अगाडी मेयर बालेन शाह बिरुद्ध सुकुम्वासीहरुको प्रदर्शन

  • मङ्लबार, मंसिर १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

मंसीर १३ काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासीहरूले आफूहरुलाई वैकल्पिक व्यवस्था विना हटाउन खोजेको भन्दै काठमाण्डौँ महानगरका प्रमुख बालेन शाह बिरुद्ध प्रदर्शन गरेका छन् ।

संँयौको संख्यामा भेला भएका सुकुम्वासीहरुले सुकुमबासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन् । महानगरपालिकाले सोमवार सुकुमबासी वस्ती हटाउनका लागि डोजर लिएर गएपछि सो क्षेत्र झडप भएको थियो । सुकुम्वासीहरु घरेलु हात हतियार सहित प्रतिकारमा उत्रिएका थिए ।

नाराबाजीसहित महानगरपालिका पुगेका सुकुमबासीहरुले महानगरपालिकाका प्रमुख बालेन्द्र साह बिरुद्ध नाराबाजी गरेका थिए ।

‘भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोवासी र स्ववासीका घर, टहरा जबरजस्ती हटाउनका लागि प्रकाशित सूचनाको बिरुद्ध वृहत् खबरदारी र्‍याली’ नाम दिइएको विरोध प्रदर्शनमा निधारमा कालोपट्टि बाँधेर प्रदर्शनकारी उपस्थित भएका थिए ।

सकुम्वासीको प्रतिकार र विरोधका कारण महानगरले नदी किनाराका बस्ती हटाउन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ