मंसीर १२ काठमाण्डौँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्न दौडधुप शुरु गरेका छन् । आफू पहिलो र अन्तिम एकै पटक प्रधानमन्त्री हुन चाहना राख्दै आएका पौडेल तनहुँबाट निर्वाचित भएसँगै दौडधुपमा लागेका हुन् ।
पार्टी भित्रका नेताहरुसँग समेत अनौपचारीक परामर्श गरीरहेका पौडेलले आज एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
विहानै कोटेश्वर पुगेर उनले माधव नेपाललाई प्रधानमन्त्रीका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।
नेपालले भने पहिला काँग्रेसबाट आधिकारीकता लिएर आएमा सहयोग हुने बचन दिएको बुझिएको छ ।
यस अघि झलनाथ खनालसँग संसदमा १७ पटक प्रतिस्पर्धा गर्दा पनि पौडेल प्रधानमन्त्री हुन सकेका थिएनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline