बारा बाट निर्वाचित गठबन्धनका उम्मेद्धारलाई १ सय ५१ किलो को माला

बारा बाट निर्वाचित गठबन्धनका उम्मेद्धारलाई १ सय ५१ किलो को माला

  • आइतवार, मंसिर ११, २०७९
  • दिपक चौरसिया

  • 4.7K
    SHARES

बिरगंज ११ मंसिर । बारा जिल्ला क्षेत्र नम्बर – ४ बाट पाँच दलीय गठबन्धनको तर्फबाट निर्वाचितहरुलाई सम्मानीत गरिएको छ । बारा क्षेत्र नम्बर ४ मा निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यमा कृष्ण कुमार श्रेष्ठ९ किसान ० तथा प्रदेशसभा सदस्य जितेन्द्र सोनाललाई १ सय ५१ किलोको माला लगाएर सम्मानित गरिएको हो ।

पाँच दलीय गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ मा निर्वाचित नेकपा एकीकृत समाजबादी ९एस० का प्रतिनिधीसभा सदस्य श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का प्रदेशसभा सदस्य सोनार ९सोनल० लाई आज एक कार्यक्रमको आयोजना गरि स्थानीयहरुले १ सय ५१ किलोको माला लगाई दिएर खुशी मनाएका हुन ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य श्रेष्ठ र मधेस प्रदेश सदस्य सोनालले मतदाताहरुलाई धन्यवाद दिनुको साथै अब मतदाताको हकहितका लागि आफुहरु काम गर्ने बताएका छन । दुवै नेतालाई विश्रामपुर गाँउपालिका वडा नम्बर ४ को बलिरामपुरमा स्थानीयहरुले १ सय ५१ किलोको माला लगाएर स्वागत गरेको मधेस प्रदेश सदस्य सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिनुभएको छ।

मङ्सिर ४ मा भएको निर्वाचनमा गठबन्धनबाट नेकपा एकीकृत समाजबादी एसका उम्मेदवार श्रेष्ठ, बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा र लोसपाका उम्मेदवार सोनल बारा क्षेत्र नम्बर ४९ख० बाट प्रदेशसभा सदस्यामा निर्वाचित भएका छन् । नवनिर्वाचित दुबै जनाले अबको समय भनेको जनताहरु जागरप भई सकेकोले अब यो निर्वाचन बाट आफुहरुले राम्रो पाठ सिकेको नवनिर्वाचित प्रदेश सदस्य सोनालको भनाइ रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ