११ मंसिर, भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले चुनावी परिणाम पछि पनि पाँच दलीय गठबन्धनकै सरकार बन्ने बताएका छन् ।
चुनावमा पराजयपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री खाँणले यो गठबन्धन आगामी पाँच वर्ष सम्म कायम रहने पनि बताए ।
प्रधानमन्त्री को बन्ने भन्ने कुरा भने शीर्ष नेताहरुको बैठकले टुंगो लगाउने पनि उनले स्पष्ट पारे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बसेर प्रधानमन्त्री टुंग्याउने उनको भनाइ छ ।
उनले निर्वाचनमा आफ्नो पराजयलाई सहज रुपमा स्वीकारेको पनि बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline