केपी ओली सहित देशी विदेशी शक्तिले मलाई हराउन धाँदली गरे, पुनः मतदान हुनुपर्छ ः झलनाथ खनाल

केपी ओली सहित देशी विदेशी शक्तिले मलाई हराउन धाँदली गरे, पुनः मतदान हुनुपर्छ ः झलनाथ खनाल

  • शनिबार, मंसिर १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

मंसीर १० ईलाम । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन धाँधली भएको दाबी गर्दै पुनः मतदान गर्न माग गरेका छन्। एमाले अध्यक्ष केपी ओलीसमेत आफूलाई हराउन लागिपरेको र त्यसका लागि कर्मचारी लगायतसँग सेटिङ गर्ने काम भएको खनालको आरोप छ ।

इलाम १ को जारी मतगणनामा पछि परेका खनालले बाक्सामा रहेको झन्डै ५ सय मत गायब पारिएको तथा मुचुल्कामा रहेको भन्दा २६६ मत बढी देखिएको पनि बताए । ‘झन्डै ५ सय मत गायव भयो । ५ सय मत गायक भइसकेपछि यो के हो भनेर हामीले प्रश्न उठायौँ’, शुक्रबारको विवादबारे उनले भने, ‘यहाँभित्र षड्यन्त्रहरु धेरै छन् । यो पूरापूर धाँदली हो, खनालले भने अब आफ्ना प्रतिनिधिहरुले निर्वाचन परिणामममा हस्ताक्षर नगर्ने पनि दावी गरे ।

खनालले आफूलाई हराउन ८ करोड भन्दा धेरै पैसा बाँडिएको समेत आरोप लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ