समानुपातिक मतमा पनि माओवादी तेस्रो स्थानमा उक्लियो

समानुपातिक मतमा पनि माओवादी तेस्रो स्थानमा उक्लियो

  • शनिबार, मंसिर १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

मंसीर १० काठमाण्डौँ । प्रतिनिधिसभातर्फ प्रत्यक्षमा तेस्रो स्थानमा रहेको माओवादी समानुपातिकमा सुधार गर्दै तेस्रो स्थानमा उक्लिएको छ ।

समानुपातिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा सुरुदेखि लगातार पछि रहेको नेकपा माओवादी केन्द्र पहिलोपटक अघि लागेको हो ।

निर्वाचन आयोगले आज दिउँसो १२ः ४५ बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार समानुपातिक मतमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो। आयोगले उपलब्ध गराएको विवरणअनुसार अहिले माओवादी केन्द्रका पक्षमा ८ लाख १ हजार ३ सय ७९ मत आएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ७ लाख ९९ हजार ७ सय ८२ समानुपातिक मत ल्याएको छ।

समानुपातिकमा पहिलो स्थानमा भने एमाले छ। उसले यो खबर तयार पार्दासम्म १८ लाख ९७ हजार २७ मत पाएको छ। दोस्रोमा रहेको कांग्रेसले १८ लाख ३० हजार ३६ मत प्राप्त गरेको छ।

कुन दलको कति छ समानुपातिक मत ? 

राष्ट्रिय स्वतन्त्र पार्टी
७९९७८२

राष्ट्रिय प्रजातन्त्र पार्टी
४१०७५२

जनता समाजवादी पार्टी, नेपाल
२१९०१६

नेकपा एकीकृत समाजवादी
१७२५३८

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ