मंसीर ९ काठमाण्डौँ । लमजुङमा आफू पराजीत भएपछि माओवादी महासचिव देव गुरुङले विजयी एमाले नेता पृथ्वी सुव्वा गुरुङलाई बधाई दिएका छन् । उनले प्रतिस्पर्धी बिजेता गुरुङलाई माला लगाईदिदै अब वामपन्थी एकताको लागि पहल गर्न लागि पर्न सुझाव दिएका छन् ।
साथै आफू पनि वामपन्थी एकताको लागि लागि पर्ने महासचिव गुरुङले बताए ।
उनले कांग्रेसजस्ता प्रजातान्त्रिक शक्तिले देसीविदेशीको इसारामा वाम शक्तिलाई कमजोर बनाउन खेल खेलेको संकेत गरे ।
एमालेसँगको तालमेलमा देवप्रसाद गुरुङ २०७४ को प्रतिनिधि तथा प्रदेशसभा चुनावमा विजयी भएका थिए । यसपटक कांग्रेससँगको गठबन्धनमा उनी पराजित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline