भोजपुरमा पूर्व मुख्यमन्त्री शेरधनलाई हराउदै माओवादीका सुदन किराँती बिजयी

भोजपुरमा पूर्व मुख्यमन्त्री शेरधनलाई हराउदै माओवादीका सुदन किराँती बिजयी

  • शुक्रबार, मंसिर ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

मंसीर ८ काठमाण्डौँ । नेकपा माओवादीका नेता सुदन किरातीले भोजपुरमा पूर्व मुख्यमन्त्री एवं एमाले सचिव शेरधन राईलाई पाखा लगाँउदै बिजय हाँसिल गरेका छन् ।

किरातीले एमालेका शेरधन राईलाई २३८५ मतको अग्रतामा पराजित गरेका हुन् । किराँतीले २८ हजार ५७८ मत प्राप्त गरेका छन् भने राईले २६ हजार १९३ मत प्राप्त गरेका छन् ।

किराँती २०६४ साल र २०७४ सालमा निर्वाचित सासद हुन् । यो उनको तेस्रो जित हो । मंसिर ४ गते भएको आम निर्वाचनमा भोजपुरमा ६१ हजार ८३० मत खसेको थियो ।

भोजपुरमा गठबन्धनका तर्फबाट प्रदेश सभा क मा मुख्यमन्त्री राजेन्द्र राई र ख मा काँग्रेसका विनोद वान्तावा निर्वाचित भएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ