काठमाडौं, ८ मंसिर । पटक पटक मन्त्री हुँदै र निर्वाचन जित्दै आएकी माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले ललितपुर क्षेत्र नं ३ मा लज्जास्पद हार व्यहोरेकी छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीले भारी मतले पाखा लगाएकी हुन् ।
तोसिमाले ३१ हजार १३६ मतसहित संसदमा पुगेकी हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाउँदा ऊर्जामन्त्री एवं माओवादी उपमहासचिव पम्फा भुसालले तेस्रोमा झरिन् । उनले ८ हजार ७६९ मत मात्र पाइन् ।
तोसिमाको भन्दा भुषालको मत झण्डै चार गुणा कम छ ।
०७४ को निर्वाचनमा भुसाल यस क्षेत्रबाट विजयी भएकी थिइन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline