कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । बलायरले माओवादी छाडेर एमाले गएका लेखराज भट्टलाई पाखा लगाउदै जीत दर्ता गराएका हुन् ।
नव निर्वाचित बलायरले २६ हजार एक सय ७१ मत पाउँदा भट्टले २२ हजार पाँच सय ३३ मत प्राप्त गरे ।
विसं २०७० मा डोटीबाट निर्वाचित भएका बलायरले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । डोटीमा अघिल्लो निर्वाचनमा प्रेम आलेसँग पराजीत भएका बलायर यस पटक पनि डोटीमै लड्न चाहेका थिए । तर शीर्ष नेताले उनलाई कैलालीमा उठाएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline