चितवनका दुई निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टी र एकमा राप्रपाका उम्मेदवारको अग्रता, प्रमुख दल तेस्रो स्थानमा

चितवनका दुई निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टी र एकमा राप्रपाका उम्मेदवारको अग्रता, प्रमुख दल तेस्रो स्थानमा

  • मङ्लबार, मंसिर ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

मंसिर ६, चितवन । चीतवनका तीन वटै निर्वाचन क्षेत्रमा सत्तारूढ गठबन्धन र एमालेका उम्मेदवार पछाडी परेका छन् ।

दुई वटामा राष्ट्रिय स्वतन्त्र पार्टी र एकमा राप्रपाका उम्मेदवारको अग्रता छ । हालसम्म सत्तारूढ गठबन्धनका उम्मेदवार चितवनका सबै निर्वचान क्षेत्रमा तेस्रो स्थानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दुई क्षेत्रमा अगाडि र एक क्षेत्रमा दोस्रो स्थानमा छन् । चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ६ हजार ३६७ मतका साथ अगाडि छन् । त्यहाँ एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेको पाँच हजार ३९९ र सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका विश्वनाथ पौडेलको पाँच हजार २९५ मत छ ।

यस्तै चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले चार हजार सात मतले अग्रता लिएका छन् । त्यहा एमालेका कृष्णभक्त पोखरेलले तीन हजार ८७९ मत ल्याएका छन् भने सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेद्वार रहेका उमेश श्रेष्ठको तीन हजार ४१० मत आएको छ । चितवन २ मा कालिका नगरपालिकाको मत गणना सुरू भएपछि रवि लामिछाने अग्रता बढाउदै लगेका हुन् ।

यस्तै चितवन ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे चार हजार ७७० मत ल्याएर अगाडि छन् । दास्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बराल छन् । उनको तीन हजार ९७७ मत आएको छ । सत्तारूढ गठबन्धनबाट उम्मेद्वार रहेका माओवादी केन्द्रका डा.भोजराज अधिकारीको तीन हजार ८२५ मत छ । एमालेले समर्थन गरेको स्वतन्त्र उम्मेद्वार दिनेश कोइरलाको तीन हजार १७३ मत छ । कांग्रेस केन्द्रीय सदस्य रहेका कोइरला पार्टी निर्णय विरूद्ध उम्मेदवार भएका हुन् । स्वतन्त्र उठेका कांग्रेसका अर्का पुराना नेता जगन्नाथ पौडेलको ११७ मत आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ