काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

  • मङ्लबार, मंसिर ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

मंसिर ६,काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९ सय ५६ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गरेका हुन् । पराजित टेकबहादुर पोखरेलले १०९६१ मत ल्याएका छन् ।
श्रेष्ठ यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाडौं ५ र मध्यावधि निर्वाचन २०५१ मा काठमाडौं ७ बाट निर्वाचित भएका थिए । यस्तै, संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि उनी काठमाडौं ९ बाट निर्वाचित भएका थिए ।

२०५९ सालमा स्थानीय विकास राज्यमन्त्री भएका श्रेष्ठ केपी ओली नेतृत्वको सरकारमा २०७७ सालमा मन्त्री बनेका थिए।

विद्यार्थी राजनीति हुँदै उनी २०३५ सालदेखि नेकपा (माले)मा आबद्ध भएका थिए । उनी अनेरास्ववियुको त्रिवि कमिटी अध्यक्ष, २०३५ देखि २०४७ सम्म नेकपा (माले) को काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीमा विभिन्न जिम्मेवारीमा रहेका थिए । २०४९ मा नेकपा (एमाले) को राष्ट्रिय परिषद सदस्य हुँदै उनी २०५४ मा एमालेको केन्द्रीय सदस्य चयन भएका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठ हाल एमालेका स्थायी कमिटी सदस्य हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ