जनताले स्थिर सरकारमात्रै होइन, अब नेपाललाई हाक्ने नयाँ चालक पनि खोजिरहेका छन्ः गगन थापा

जनताले स्थिर सरकारमात्रै होइन, अब नेपाललाई हाक्ने नयाँ चालक पनि खोजिरहेका छन्ः गगन थापा

  • मङ्लबार, मंसिर ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

मंसिर ६, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै मतदातालाई धन्यवाद दिदैँ अहिलेको चुनावी परिणाममा देशमा नयाँ सरकारमात्रै नभएर नयाँ चालकसहितको सरकारको अपेक्षा व्यक्त भएको बताएका छन् ।
काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै महामन्त्री थापाले अहिलेको अवस्थामा मुलुकलाई हाँक्न सक्ने नयाँ चालक नेपाली कांग्रेसले मात्रै दिन सक्ने दाबी गरे ।

जनताले अपेक्षा गरेअनुसारको नयाँ चालक पनि आजको दिनमा नेपाली कांग्रेसले मात्रै दिनसक्ने भन्दै उनले यो निर्वाचनसँगै कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर आउने सबैसँग बहस र छलफल गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

चुनावअगाडि नै आफूलाई भावी प्रधानमन्त्रीकोरुपमा प्रस्तुत गरेका नेता थापाले चुनाव जितेलगत्तै अब पार्टीको संसदीय दलको नेता बन्ने तयारीमा जुट्ने बताए ।

‘देशभरिको चुनावी परिणाम आउनेक्रम छ, समानुपातिकको पनि परिणाम आउँदैछ, अहिले नै बोल्नु हतारो हुन्छ । तर, मैले भन्दै आएको कुरा के हो भने यसपटक मतदाताहरूले विश्वासको मत मात्रै व्यक्त गर्नुभएको छैन, त्यसमा आक्रोस पनि मिसिएको छ,’ उनले भने, ‘निर्वाचन भयो, संवैधानिक प्रक्रिया अवरुद्ध हुने कुरा रोकियो । यसबाट आममानिसहरू खुसी छन् । तर, संविधानमा गरिएका बाचाहरू पूरा हुन सकेका छैनन् । त्यसमा उनीहरू आक्रोसित पनि छन् । यो चुनावमा मतदाताले आफ्ना आकांक्षा पूरा गर्न सक्ने नयाँ सरकार खोजेका छन् ।’

महामन्त्री थापाले चुनावको प्रारम्भिक परिणाम हेर्दा कांग्रेस नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गर्नेमा विश्वस्त रहेको पनि बताए । सरकारले हरक दिन र रातलाई एक गरेर हिजोभन्दा आज, आजभन्दा भोलि देशमा राम्रो हुदैछ, विकास हुदैन भन्ने कुराको आभाष गराउन सक्नुपर्नेमा उनले जोड दिए ।

उनले कांग्रेसले देशलाई नयाँ नेतृत्व दिन सक्नुपर्ने बताए । ‘अहिलेको निर्वाचन परिणामलाई विश्लेषण गर्दै यदि नेपाली कांग्रेसले यो देशलाई नयाँ नेतृत्व दिने हो भने त्यसले हाम्रो पार्टीलाई मात्रै होइन, आमजनतालाई पनि थप विश्वस्त बनाउँछ, यो देशभरिका मतदाताले व्यक्त गर्नुभएको विचार हो भन्ने ठानेको छु,’ उनले भने, ‘जो नेपाली कांग्रेसबाट चुनाव जितेर आउदै हुनुहुन्छ, तपाईलाई तपाईका मतदाताले मतमात्रै दिनुभएको छैन, मन पनि दिएर पठाउनुभएको छ । तपाईको मतदाताले के चाहान्छ रु मनन् गरेर, सोधेर आउनुहोला भन्न चाहान्छु ।’

काठमाडौं–४ बाट तेस्रो पटक चुनाव जितेका थापाले आफूलाई मतदाताले गरेको विश्वासमा आँच आउन नदिने बताए । ‘जुन विश्वासको साथमा यो पटक मलाई निर्वाचित गराउनुभएको छ, त्यो विश्वासलाई कही कतै ठेस लाग्न दिदिनँ, इमान्दारितापुर्वक आफ्नो जिम्मेवारीलाई पूरा गर्छु,’ उनले भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ