कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

  • मङ्लबार, मंसिर ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

मंसिर ६, धनगढी । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीलाई ५३७१ मतान्तरले पराजित गरेका हुन् । गंगारामले चौधरीले २३१२० मत ल्याउदा पराजित कृष्णकुमार चौधरीले १७७४९ मत ल्याएका छन् ।

त्यस्तै एमालेका उम्मेदवार गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपा उम्मेदवार वीरेन्द्र बमले ७ हजार ४५ मत प्राप्त गरेका छन् । त्यसैगरी कैलाली क्षेत्र नम्बर १ र २ मा पनि उन्मुक्तिका उम्मेदवार अगाडि रहेका छन् ।

टीकापुर क्षेत्र पर्ने निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका रामजनम चौधरी र एमालेका तपेन्द्र रावललाई पछि पार्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ अगाडि छन् । श्रेष्ठ रामजनम चौधरीभन्दा २३१९ मतले अगाडि छन् । श्रेष्ठ चौधरीले ६५७९ मत ल्याएकी छन् भने चौधरीको ४२६० मत छ । एमाले उम्मेदवार तपेन्द्र रावल तेस्रोमा छन् ।

यस्तै, क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्तिकै अरुण चौधरीले १ हजार ६६० मत प्राप्त गर्दा माओवादीका भगतबहादुर बडुवालले १ हजार २६९ मत पाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ