मंसिर ६, झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै छ ।
ओलीले झापा–५ का उम्मेदवार ओली करिब ३ हजार ५ सय मतले अघि छन् । हालसम्म उनले करिब ९ हजार मत पाउँदा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ४ सय ४८ मत पाएका छन् । ओलीको क्षेत्रमा स्वतन्त्र उम्मेदवार सुरेशकुमार पोख्रेलले १ हजार ४ सय ८६ मत पाएका छन् ।
झापाका १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार ३ सय ७ मतको अग्रता लिएका छन् । उनले ११ हजार ३ सय ८५ मत पाउँदा एमालेका अग्नी खरेलले ७ हजार ८३ मत पाएका छन् ।
झापा ३ का राप्रपा अध्यक्ष लिङ्देन कांग्रेस नेता कृष्णप्रसाद सिटौलाभन्दा १ हजार ४ सय ८६ मतले अगाडि छन् । लिङ्देनले ५ हजार २सय ७४ मत पाउँदा सिटौलाले ३ हजार ७ सय ८८ मत पाएका छन् ।
झापा–२ र ४ मा भने एमालेका उम्मेदवारहरू क्रमशस् देवराज घिमिरे र लालप्रसाद साँवा अगाडि छन् । साँवालाई स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले पछ्याइरहेका छन् । साँवाले ४ हजार ६ सय २६ मत पाउँदा ढकालले ४ हजार ५ सय ८६ मत पाएका छन् । झापा–२ का एमाले उम्मेदवार घिमिरेले ७ हजार ३ सय २८ मत पाउँदा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले ६ हजार २ सय ६ मतले पछ्याउँदै छन् । सत्ता गठबन्धनका उम्मेदवार हरि राना ३ हजार ५ सय ९५ मतका साथ तेश्रोमा संघर्षरत छन् ।