काठमाडौं १ बाट प्रनिनिधि सभाका लागि काँग्रेसका प्रकाशमान सिंह बिजयी

काठमाडौं १ बाट प्रनिनिधि सभाका लागि काँग्रेसका प्रकाशमान सिंह बिजयी

  • मङ्लबार, मंसिर ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

६ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा बिजय भएका छन् ।
नेता सिंह ७ हजार १३९ मतसहित चौथोपटक यस क्षेत्रबाट बिजय भएका हुन् ।
निकटतम प्रतिद्वन्दी राप्रपाका रबिन्द्र मिश्रले ७ हजार ११मत ल्याएका छन् । विशेष चासोको रुपमा हेरिएको काठमाडौं क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्बाचनमा रास्वपाबाट पुकार बम, एमालेबाट किरण पौडेल, आमा चिन्हबाट रमेश खरेललगायत प्रतिष्ठीत र चर्चित ब्यक्तीहरुले प्रतिस्पर्धा गरेका थिए ।
नेता सिंहले १२८ मतको अन्तरले मिश्रलाई उछिन्न सफल भएका छन् । सुरुवाती मतगणनामा मिश्रलाई पछि पारेका नेता सिंहले अन्तिम समय आउँदै गर्दा मिश्रलाई उछिन्दै गएका थिए ।
काठमाडौं क्षेत्र नम्बर १ मा जम्मा ४५ हजार १८ मतदातामा २७ हजार १८ मत खसेको थियो । एमालेका किरण पौडेलले ३५ सय ८, रास्वपाका पुकार बमले ४१ सय १२, नेपाल सुसासन पार्टीका रमेश खरेलले ३१ सय २१ मत प्राप्त गरेका छन् ।

काँग्रेसका संस्थापक नेता एबम् लौह पुरुष गणेमान सिंहका पुत्रको रुपमा चिनिने नेता सिंह कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका र नेपाली कांग्रेसको काठमाडौँ जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । कांग्रेसका शीर्ष नेतामध्येका एक सिंह तत्कालीन सुशील कोइरालाको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ