मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

  • सोमवार, मंसिर ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

मंसिर ५, मनाङ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै उनी मनाङबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।

०७० मा संविधानसभा सदस्य बनेका उनी त्यसबेला श्रम तथा रोजगार राज्यमन्त्रीसमेत भएका थिए ।

उनले २ हजार ५७७ मत पाउँदा एमालेका पोल्देन छोपाङले २ हजार २४७ मत पाएका छन् । ०७४ मा भने यहाँबाट एमालेका गुरुङ विजयी भएका थिए । त्यसबेला एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । तर यसपटक भने माओवादी केन्द्रसँगको गठबन्धनमा कांग्रेसका टेकबहादुरले अघिल्लो पटकको बदला लिएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत पाएका छन् ।

०७४ मा एमालेका गुरुङले २३ सय मतसहित चुनाव जितेका थिए भने कांग्रेसका टेकबहादुर २०२१ मत पाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ