सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष राउत दोब्बरभन्दा बढी मतले अगाडि, उपेन्द्र यादव दोस्रो स्थानमा

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष राउत दोब्बरभन्दा बढी मतले अगाडि, उपेन्द्र यादव दोस्रो स्थानमा

  • सोमवार, मंसिर ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

मंसिर ५, काठमाडौँ । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले दोब्बरभन्दा बढी मतको अग्रता बनाएका छन् । राउतले ५ हजार ४३ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २ हजार ३१६ मत पाएका छन् ।

राउत र यादवबीचको मतान्तर २७२७ छ, जुन यादवले पाएको मतभन्दा करिब चार सयले बढी हो । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १०१८ मत पाएका छन् ।
यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार छैनन् । एमालेले जसपा अध्यक्ष यादवलाई सघाएको छ भने कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनबाट ठाकुर उम्मेदवार हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ