भोजपुर, ५ मङ्सिर । भोजपुरमा मतगणना सुरु भएको छ । आज बेलुका ७ बजेदेखि गणना सुरु भएको हो । अहिले प्रतिनिधिसभा र प्रदेशसभा (१) को गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिनुभयो ।
प्रारम्भिक मत परिणाम अनुसार तीन सय मत गन्दा माओवादीका सुदन किराती र एमालेका शेरधन राईले समान १३६/१३६ मत प्राप्त गरेका छन ।
यसैगरी प्रदेश क तर्फ मुख्य मन्त्री राजेन्द्र राई १३८ मतका साथ अगाडि छन् । उनका प्रतिद्वन्द्वी हरी राईले ८१ मत पाएका छन् ।
भोजपुर नगरपालिकाको सभाहलमा मतगणना भइरहेको छ । यहाँ ५० दशमलव ३९ प्रतिशत मत खसेको छ । कूल एक लाख २३ हजार तीन सय ७९ मतदातामध्ये ६२ हजार एक सय ८१ जना मतदाताले मतदान गरेका गरेका छन् । यहाँका नौ वडा स्थानीय तहका ८७ वटा मतदानस्थलको एक सय ५७ मतदान केन्द्रमा सौहाद्र्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो ।