नवलपरासी पश्चिम ८ असोज । बेचबिखनको लागि भारततर्फ लैजादै गरेको आशंकामा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमले चार युवती र चार पुरुषलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल भुजहवा र भारतीय सुरक्षा सिमा बलको समन्वय र सहयोगमा चारै जना महिलाहरुसंग आवश्यक सोधपुछ गर्दा बेचबिखनको आशंकामा उक्त नेपाली युवतीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।
उनिहरुको साथमा रहेका चार नेपाली पुरुषहरुलाई पनि नियन्त्रणमा लिई थप अनुसंधानका लागि माइती नेपाल र ईलाका प्रहरी कार्यालय महेशपुर टोलीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल २६ नं गणका सुचना अधिकारी केशवराज थापाले बताए । उद्धार गरिएकी युवतीलाई सशस्त्र प्रहरीले माइती नेपालको संरक्षणमा राखेको छ । चारै जना नेपाली युवतीलाई दिल्ली हुँदै कुवेत पठाउने गरिएको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline