बेलायतमा नयाँ प्रधानमन्त्रीको घोषणा आज

बेलायतमा नयाँ प्रधानमन्त्रीको घोषणा आज

  • सोमवार, भदौ २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

लन्डन, २० भदाै

बेलायतको प्रधामन्त्रीको रुपमा बोरिस जोनसनको उत्तराधिकारी आज (सोमवार) घोषणा हुने भएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेता रहेका जोनसनले झण्डै २ महिनाअघि राजिनामा दिएपछि रिक्त सो पदमा अन्तिम चरणमा लिज ट्रस र ऋषि सुनाकबीच प्रतिस्पर्धा हुदैछ ।

शुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा ८ जना उम्मेदवारी दिए पनि अन्तिममा दुईजनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि पार्टी सदस्यहरुले मतदान गरिसकेका छन् ।

सो मतदानको परिणाम बेलायती समय अनुसार दिउसो १२ बजे आइसक्ने बताएकोछ । दुई प्रतिष्पर्धी ऋषि सुनाक र लिज ट्रसमध्ये एक जना पार्टी नेता चुनिएपछि बेलायत महारानीले नयाँ धानमन्त्री नियुक्ति गर्नेछिन् ।

सन् २०१९ को आम निर्वाचनमा वहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सनविरुद्ध आफ्नै मन्त्रिपरिषद् का ५ दर्जन सदस्यहरुले विद्रोह गरेपछि प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य भएका थिए । टोरी सदस्यहरुको सर्वेक्षणमा विदेशमन्त्री ट्रसले स्पष्ट जित हासिल गर्ने देखिएको बेलायती  सञ्चार माध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी