म्यानमार, मलेसिया, थाइल्याण्ड र फिजीका पाँच लाख नेपाली पहिचानविहीन

म्यानमार, मलेसिया, थाइल्याण्ड र फिजीका पाँच लाख नेपाली पहिचानविहीन

  • बुधबार, साउन २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

लन्डन, २५ साउन ।

म्यानमार, मलेसिया, थाइल्यान्ड र फिजीमा रहेका पाँच लाखभन्दा बढी नेपाली पहिचानविहीन रहेका छन् । गैरआवासीय नेपाली संघ थाइल्यान्डका अध्यक्ष भबिन्द्र बस्नेतका अनुसार दोस्रो विश्वयुद्धमा सहभागी हुन ती ठाउँमा पुगेका नेपालीका सन्तान अहिले पहिचानको खोजीमा छन् ।

युद्धका बेला इस्ट इन्डिया कम्पनीले हजारौंको संख्यामा नेपालीलाई जापानविरुद्ध लड्न ती ठाउँमा लगेको थियो । युद्धपछि ती देशमा नेपाली बसोबास गर्न थालेको विश्वास गरिएको छ । नेपाल सरकारको ध्यान नपुग्दा लाखौंको संख्यामा नेपालीले पहिचान गुमाउनु परेको हो । उनीहरू नेपाली भाषी हुन्, आत्मसम्मानका लागि उनीहरूलाई सरकारले पिपुल अफ नेपाली ओरिजिन ९पिएनओ० परिचयपत्रको व्यवस्था गर्नुपर्ने अध्यक्ष बस्नेतले भनाइ छ । उक्त परिचयपत्रले नेपालबाट टाढिएका पुरानो र नयाँ पुस्तालाई नेपालसँग जोड्ने अध्यक्ष बस्नेतले बताए ।

नेपाली भाषीलाई परिचयपत्र राज्यले प्रदान गर्न सक्यो भने देशमा पर्यटन र लगानी लगायतको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बस्नेतले बताए ।
ुदक्षिण एसियाबाहेकका देशमा बसोबास गर्ने नेपालीलाई गैरआवासीय नेपालीको परिचयपत्र दिएजस्तै ती ४ देशमा बस्ने नेपालीलाई पिएनओको परिचयपत्र दिन सकिन्छ,’ उनले भने, ‘ती मुलुकमा बसोबास गर्ने नेपालीलाई पीएनओको मान्यता दिलाउन पहल गर्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वयन परिषद् समक्ष माग गरेको छु ।’

बस्नेत र चौथो पुस्ताका कुमार कार्कीले संयुक्त रूपमा अगस्ट २८ तारिखमा बैंककमा हुने गैरआवासीय नेपाली संघको क्षेत्रीय सम्मेलनमा पिएनओका विषयमा कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेका छन् ।

अधिकांश नेपाली भाषी नेपालीहरू बैंककदेखि ४ सय किलोमिटर टाढा रहेको म्यानमार र थाइल्याण्डको बोर्डरमा बसोबास गर्दै आएका छन् । उनीहरूको मुख्य पेसा कृषि हो । उनीको मुख्य आम्दानी आफ्नै रोजगारी, व्यवसायलगायत सिलाई कटाई, सुटिङ एण्ड टेलरिङ रहेको छ ।

गैरआवासीय नेपाली नागरिकले तेस्रो पुस्तासम्म नागरिकता पाउने संवैधानिक व्यवस्था गलत रहेको उनले बताए । बस्नेतका अनुसार दोस्रो विश्वयुद्धपछि बिना पासपोर्ट छिरेका ठूलो संख्यामा युद्धमा होमिएका नेपाली भाषीहरूको ६ पुस्तासम्म भेटिएको छ । त्यहाँ रहेका नेपालीहरूले नेपालमै जस्तो तीज, दसैँ, तिहार, छठ लगायतका नेपाली चाडपर्वहरू मनाउँदै आएका छन् । उनीहरूको सक्रियतामा फुकेटमा २० वर्षअघि नेपाली थाई मुलनीथी श्री भागवत धाम सनातन मन्दिरको स्थापना गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी