धन कमाउन साउदी गएका सोनिल बाकसमा फर्किए

धन कमाउन साउदी गएका सोनिल बाकसमा फर्किए

  • आइतवार, साउन ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

खोटाङ, ८ साउन। साउदी अरेबियमा कारको ठक्करबाट ज्यान गुमाएका मृतकको शव दुई महिनापछि घर ल्याइएको छ ।

साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राती ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव आइतबार बिहान ५ बजे घर ल्याइएको हो । शवलाई स्वदेश ल्याउन आलटाल भइरहेको परिवारको गुनासो थियो । पैसा कमाउन विदेश जाँदा बाकसमा फर्किएका राईको आइतबार राई संस्कार अनुसार दाहसंस्कार गरिएको छ ।

रेष्टुरेन्ट वर्करको रुपमा गत माघ २६ गते अहम्द नाजी फलेह अल डोसारी रेष्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृत्यु भएको थियो । उनी मासिक एक हजार रियल पाउनेगरी काठ्माण्डौंको काठ्माडौं एचआर सोलुसन प्रालिमार्फत साउदी अरेबिय पुगेका थिए । ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जानकारी आएको आफन्त हिराधन चाम्लिङले बताए । तर मेनपावरको ढिलासुस्तीका कारण शव ल्याउन दुई महिना समय लागेको हो ।

तस्बिर र भिडियोमा राईको गाडीको ठक्करबाट टाउको फुटेर रगत बगेको देखिन्छ । तर हाफर अल बटिन किंग खालेद जनरल अस्पताल अफर अल अबटिनमा स्वास्थ्य मामिला निर्देशनालयको मृत्यु रिपोर्टमा ‘टाउको, घाँटी र छातीमा कुनै देखिने चोट नभएको, माथिल्लो अंगहरुमा कुनै देखिने चोटहरु नभएको र तल्लो अंगहरुमा कुनै देखिने चोटहरु नभएको’ उल्लेख छ । यस्तै मृतकको शरीरमा कुनै पनि कपडा नभएकाले आफन्त थप दुःखित बनेका छन् ।

राईका श्रीमती जुनकला, पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरा छन् । श्रीमानको शव आउन ढिलाइ भएपछि जुनकला बच्चा काखी च्यापेर आफन्तसँग पटक–पटक मेनपावरको कार्यालय र वैदेसिक रोजगार बोर्डको सचिवालय पुगेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी