१७ असार, काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् ।
पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलाईएको छैन ।
पक्राउ परेका सबै नेपालीलाई नेपाल डिपोर्ट गर्ने कोरीया सरकारले तयारी गरेको छ ।
अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी कामको रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् । अन्य नौ जना बसाइ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline