भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु

भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु

  • शुक्रबार, असार ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

झापाको मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको गए राति सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ ।

रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

घटनालगत्तै पानीट्याङ्कीस्थित भारतीय प्रहरी चौकीले काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा मृत्युबारे जानकारी गराएको थियो । मृतकको शव सोही चौकीमा राखिएको छ । परीक्षणपश्चात शव आज नेपाल ल्याइने प्रहरीले जनाएको छ ।

पूर्वी नेपालको मेचीनगर, भद्रपुर, बिर्तामोडलगायत क्षेत्रबाट किनमेल र उपचारका लागि दिनहुँ सयौँको सङ्ख्यामा नेपाली सीमावर्ती भारतीय बजार पानीट्याङ्की, नक्सलबाडी, गलगलिया र सिलीगुडी ओहोरदोहोर गर्छन् । पानीट्याङ्कीस्थित भारतीय रेल्वेको लिकमा दुर्घटना हुँदा बर्सेनि नेपालीको ज्यान जाने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी