पश्चिमा देशले युक्रेनलाई लामो दूरीका हतियार पठाएमा युक्रेनमा थप आक्रमणः पुटिन

पश्चिमा देशले युक्रेनलाई लामो दूरीका हतियार पठाएमा युक्रेनमा थप आक्रमणः पुटिन

  • सोमवार, जेष्ठ २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

किभ, २३ जेठ । पश्चिमी देशहरूले युक्रेनलाई लामो दूरीका हतियारहरू पठाएमा रुसले युक्रेनमा आक्रमण गर्ने लक्ष्यहरूको सूची विस्तार गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । रुसी सेनाको विस्फोटका कारण राजधानी किभका विभिन्न भागमा आइतबार ठूलो क्षति भइरहेका बेला पुटिनको चेतावनी आएको हो ।

रुसले युरोपेली देशहरूबाट आपूर्ति गरिएका ट्यांकमा आक्रमण गरेको बताएको छ । युक्रेनले यो रेल मर्मत संयन्त्र भएको बताएको छ ।

रूसले मार्चको अन्त्यमा किभ क्षेत्रबाट फिर्ता गरेपछि दोनबासमा आफ्नो सैन्य प्रयासहरू पुनः केन्द्रित गरेको छ । रूसले त्यहाँ स्थल मार्गमा ढिलो तर स्थिर प्रगति गरिरहेको बेला धेरै देशहरूले किभलाई अत्याधुनिक हतियार पठाउने वाचा गरेका छन् ।

हालै अमेरिकाले एम १४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली एचआईएमएआरएस पठाउने घोषणा गरेको थियो । यसले ७० किलोमिटरसम्म प्रहार गर्न सक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ