बंगलादेशको डिपोमा विस्फोटः मृत्यु हुने २५ पुगे

बंगलादेशको डिपोमा विस्फोटः मृत्यु हुने २५ पुगे

  • आइतवार, जेष्ठ २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

ढाका, २२ जेठ । बंगलादेशको चटगाउँ सहरनजिकै रहेको एउटा डिपोमा भएको भीषण विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । विस्फोटमा सयौं घाइते भएका छन् । सिताकुण्ड सहरमा रहेको कन्टेनर भण्डारण केन्द्रमा आगो निभाउने क्रममा विष्फोट भएको थियो ।

डिपोमा रहेका केही कन्टेनरमा रसायनिक पदार्थ राखिएको स्थानीय सञ्चारमाध्यमले अनुमान गरेका छन् । विस्फोटका कारण वरपरका भवन हल्लिएका प्रत्यक्षदर्शीले बताए थिए । घाइतेमध्ये धेरेको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरूको शरिर ६० देखि ९० प्रतिशत जलेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

यो सहर देशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटर टाढा छ । सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको छ । घाइतेहरूमा अग्नि नियन्त्रक र प्रहरीसमेत छन् । आगलागीअघि डिपोमा करिब ६०० जनाले काम गर्दथे ।
विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ