जेठ ७ एजेन्सी । युक्रेनको रणनीतिक रुपले महत्वपूर्ण शहर मारिउपोल रुसले पूर्ण रुपले कब्जा गरेको छ । अन्य भाग यस अघि नै कब्जा गरेको रुसले अजोभस्टलभित्र लुकेर बसेका ५ सय बढी युक्रेनी सेनाले आत्मसमर्र्पण गरेसँगै मुक्त भएको घोषणा गरेको हो ।
बंकरमा लुकेका सेनाले लामो समय सो स्टील कारखानाबाट प्रतिरोध जारी राखेका थिए । हाल सम्म त्याहाँ प्रतिरोध गरीरहेका २४ सय बढी युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
अप्रील २१ मा रुसी सेनाले सो कारखानालार्ई घेरेर राखेको थियो । लामो समयदेखि चलिरहेको युद्दमा यो शहर नियन्त्रणमा लिएपछि रुसले ठूलो सफलता प्राप्त गरेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline