दिल्लीको व्यावसायिक भवनमा अगालागी: २७ जनाको मृत्यु, १२ घाइते

दिल्लीको व्यावसायिक भवनमा अगालागी: २७ जनाको मृत्यु, १२ घाइते

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

३१ बैशाख, एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीस्थित एक कार्यालय भवनमा आगलागी भएको छ । आगोमा परेर २७ जनाको मृत्यु भएको छ ।

आगलागीमा परेर १२ जना गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यामले जनाएको छ । आगालागी हुँदा सो भवनभित्र ७० जना भन्दा बढी मानिसहरू थिए ।

आगलागी सुरु भएसँगै सुरक्षाकर्मीले भवनमा झ्याल फोरेर त्यहाँ उनीहरूको उद्दार गरेका थिए । दिल्लीस्थित मुण्डका मेट्रो स्टेशन नजिकै भएको घटनामा आगो नियन्त्रणका लागि २० वटा भन्दा बढी दमकल परिचालन गरिएको थियो । विद्युत सर्ट हुँदा भवनमा आगो लगेको हुन सक्ने सुरक्षा अधिकारीहज्ञको प्रारम्भिक अनुमान छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आगलागीमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका आफन्तलाई क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ ।

सो व्यापारीक भवनमा अग्नि नियन्त्रणको व्यवस्था नभएकाले ठूलो मानवीय क्षति भएको अधिकारीहरुको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ