हेलिकोप्टर दुर्घटनामा चालक दलका दुई सदस्यको मृत्यु

हेलिकोप्टर दुर्घटनामा चालक दलका दुई सदस्यको मृत्यु

  • शुक्रबार, बैशाख ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

नयाँ दिल्ली, ३० वैशाख । छत्तिसढको राइपुरस्थित एउटा विमानस्थलमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ । दुर्घटनामा क्याप्टेन गोपालकृष्ण पाण्डा र क्याप्टेन एपी श्रीवास्तवको मृत्यु भएको प्रहरीले जनाएको छ । अवतरण गर्न खोज्दा हेलिकप्टरमा आगो लागेको थियो । हेलिकोप्टरमा कुनै यात्रु थिएनन् ।

बिहीबार राति ९ बजेर १० मिनेट जाँदा रायपुरको स्वामी विवेकानन्द विमानस्थलमा उडान अभ्यासका क्रममा उक्त दुर्घटना भएको प्रहरी वरिष्ठ उपरीक्षक प्रशान्त अग्रवालले बताए ।

दुर्घटनाको कारण तत्काल थाहा हुन सकेको छैन । नागरिक उड्डयन महानिर्देशनालय र छत्तीसगढ सरकारको तर्फबाट विस्तृत प्राविधिक अनुसन्धान भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ