कर्फ्यूले रोकिएन श्रीलंकामा जारी आन्दोलन: थप हिंसात्मक बनेपछि सुरक्षामा कडाई, सेनाले सत्ता कब्जा गर्न खोजेको विपक्षीको आरोप

कर्फ्यूले रोकिएन श्रीलंकामा जारी आन्दोलन: थप हिंसात्मक बनेपछि सुरक्षामा कडाई, सेनाले सत्ता कब्जा गर्न खोजेको विपक्षीको आरोप

  • बिहिबार, बैशाख २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

२९ बैशाख, एजेन्सी । श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।

सरकारले कर्फ्यू आदेश जारी गरेपनि प्रदर्शनकारीका गतिविधि बढ्दै गएको छ । राष्ट्रपति गोताबाया राजपाक्षेले गत महिना विरोध प्रदर्शन हुन थालेसँगै शान्ति व्यवस्था कायम गर्ने प्रतिवद्धता जनाएका थिए। चर्को मल्यवृद्धिसँगै आर्थिक संकट आएसँगै आम सर्वसाधारणले सरकार विरोधी आन्दोलनलाई तीव्र पारेका छन् ।

तर सत्ता पक्षले भने विपक्षीहरुले सेनाले सत्ता कब्जा गर्ने बहाना खोजेर सर्वसाधारणको आन्दोलन दवाउन खोजेको आरोप लगाएका छन् । सरकारले कर्फ्यू र निषेधाज्ञा जारी गरेपनि अत्यावश्यक सामाग्रीको सहज उपलब्धता नभएको भन्दै सर्वसाधारणको आन्दोलन थप चर्किएको छ ।

आन्दोलनकारीले सरकारी अधिकारी र उच्च राजनीतिज्ञहरुका भौतिक सम्पति र उनीहरुमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सरकारले सम्पूर्ण सुरक्षा बल तैनाथ गरेको छ । तर पनि सरकारी विरोधी आन्दोलनहरु निरन्तर भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सोमबारदेखि जारी हिंसात्मक आन्दोलनमा २ सय भन्दा बढी घाइते भएका छन् ।

आन्दोलनकारीले राष्ट्रपति राजपाक्षेको राजीनामाको माग गर्दै प्रदर्शन बढ्न थालेसँंगै हिंसात्मक गतिविधिहरु बढेका हुुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ