श्रीलंकामा जारी आन्दोलन हिंसात्मक बन्दै, कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

श्रीलंकामा जारी आन्दोलन हिंसात्मक बन्दै, कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

  • बुधबार, बैशाख २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

२८ बैशाख, काठमाडौं । श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देश कानुन उल्लंघन गर्नेलाई गोली हान्ने आदेश समेत दिएको छ ।

सरकारले देशमा सार्वजनिक सम्पत्ति लुटपाट गर्न खोज्न जो कोहीलाई गोली हान्न सक्नेसम्मको अधिकार श्रीलंकाली सेनालाई दिएको छ ।

यसैबीच, राजधानी कोलोम्बो लगायत अन्य शहरहरूमा दशौं हजार सेना, नौसेना, र वायु सेनाका कर्मचारी तैनाथ गरिएको छ ।
यसअघि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्यू घोषणा गरेको केही घण्टामै कानुन परिवर्तन गरी सरकारका विरूद्धमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कर्फ्यूको घोषणा गरेको थियो ।

कर्फ्यूका क्रममा पनि हिंसात्मक गतिविधि नरोकिएपछि गोली हान्न सक्ने अधिकार सुरक्षाकर्मीलाई दिइएको छ । प्रदर्शनकारीले भने राष्ट्रपतिको राजीनामा नआएसम्म आन्दोलन जारी नै राख्ने जनाएका छन् ।

श्रीलंकामा केही दिनयता आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । आर्थिक संकटका कारण प्रधानमन्त्री महिन्दा राजपाक्षेले गत सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।

प्रदर्शनकारीमध्ये धेरैले प्रधानमन्त्री राजपाक्षेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ । प्रदर्शनकै क्रममा सडकमा पार्किङमा राखिएका सवारीसाधन तालमा फालेर विरोध जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ