युक्रेनको युद्धका विषयमा मैले सही निर्णय गरेको हुँः रूसी राष्ट्रपति पुटिन

युक्रेनको युद्धका विषयमा मैले सही निर्णय गरेको हुँः रूसी राष्ट्रपति पुटिन

  • मङ्लबार, बैशाख २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

२७ बैशाख, काठमाडौं । युक्रेनको युद्धका विषयमा आफूले सही निर्णय गरेको रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले दावी गरेका छन् ।

राजधानी मस्कोको रेड स्क्वायरमा विजय दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेन युद्धका विषयमा आफूले सही निर्णय गरेको बताउँदै यो निर्णयलाई स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही भएको दावी गरेका हुन् । राष्ट्रपति पुटिनको सोही सम्बोधनको कार्यक्रममा उपस्थित सैनिकहरूले ताली बजाएर स्वागत समेत गरेका थिए । उनले युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको समेत बताएका हुन् ।

पुटिनले आफूहरू रुसको सुरक्षाका लागि जारी लडाई कायमै राख्न अपील समेत गरेका छन् । दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि रूसले गरेको विजयको सम्झनामा रूसमा प्रत्येक वर्ष विजय दिवस परेड मनाइने गरिएको छ । पुटिनले गत वर्षदेखि अन्य युरोपेली देशहरू र नेटोसँग तनाव उत्पन्न भएको स्वीकार गर्दै रुसले युरोपलाई निष्पक्ष समाधान खोज्न अपील गरेको बताएका छन् ।

यद्दपी युरोपले रुसको कुरा सुन्न नचाहेको भन्दै पुटिनले युरोपले डोनबासमा कारबाही गर्ने योजना बनाइरहेको खुलासा समेत गरेका छन् । युक्रेनको किभमा परमाणु हतियार उपलब्ध गराउन पश्चिमा राष्ट्रहरु लागिपरेको भन्दै उनीहरुको आलोचना समेत गरेका हुन् ।

रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो सम्बोधनका क्रममा दोस्रो विश्वयुद्धमा मारिएका रुसी र डोनबासमा लडिरहेका रुसी सैनिकहरूका लागि दुई मिनेट मौनधारण गर्न अपिल समेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ