युक्रेनको एक विद्यालयमा रुसी सेनाको आक्रमण, ६० जनाको मृत्यु

युक्रेनको एक विद्यालयमा रुसी सेनाको आक्रमण, ६० जनाको मृत्यु

  • सोमवार, बैशाख २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

२६ बैशाख, काठमाडौं । युक्रेनको एक विद्यालयमा रुसी सेनाले बम आक्रमण गरेको छ । आक्रमणमा परी ६० जना युक्रेनी नागरिकको मृत्यु भएको छ ।

युक्रेनको पूर्वी शहर लुहान्समा रहेको एक विद्यालयलाई लक्षितगरि बम आक्रमण गरिएको युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले बताएका छन । उनले यो घटना क्रुर भएको भन्दै रुसको घृणित कार्यप्रति खेद प्रकट समेत गरेका छन । रुस र युक्रेनमा युद्ध जारी रहेका बेला आश्रय लिएर बसेकाहरुमाथि रुसी सेनाले आक्रमण गरेको युक्रेनको आरोप छ ।

९० जना रहेको विद्यालयमा आक्रमण हुँदा ६० जनाको मृत्यु भएको छ भने ३० जनाको उद्धार गरिएको छ । घटनामा उद्धार गरिएकाहरु मध्ये केहीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन। आक्रमणका कारण विद्यालय पूर्णरुपमा नष्ट भएको छ । यसैबीच रुसी सेनाले युक्रेनको लहान्स्क शहरमा घेरा हाल्न खोज्दा युक्रेनी र रुसी सेनाबीच युद्ध जारी छ । पछिल्लो समय युक्रेनको अधिकांश क्षेत्र रुसी सेनाको घेराबन्दीमा परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ