हङकङमा आज नयाँ प्रशासकको चयन हुँदै, जोन ली नयाँ प्रशासक चयन हुने लगभग निश्चित

हङकङमा आज नयाँ प्रशासकको चयन हुँदै, जोन ली नयाँ प्रशासक चयन हुने लगभग निश्चित

  • आइतवार, बैशाख २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

२५ बैशाख, एजेन्सी । हङकङमा आज नयाँ प्रशासकको चयन हुनेभएको छ ।
क्यारी लामको कार्यकाल सकिएपछि उनको ठाउँमा नयाँ प्रशासक चयन गर्न लागिएको हो । नयाँ प्रशासकको रुपमा जोन ली चयन हुने लगभग निश्चित भएको छ । ली एक मात्र उम्मेदवार रहेकाले उनी नयाँ प्रशासक बन्ने पक्का भएको छ । चीन सरकारले हङकङमाथिको पकड झन् कसिलो बनाउन ली लाई नयाँ प्रशासकको रुपमा ल्याउन लागेको टिप्पणी गरेको छ ।

बेइजिङका विश्वासपात्र ली सन् २०१९ मा हङकङमा भएको प्रजातन्त्र समर्थक आन्दोलनहरू दबाउन मुख्य भूमिका खेल्ने व्यक्ति भनेर चिनिएका छन । १५ सय जना सदस्य रहेको एउटा कमिटीले हङकङका प्रशासक चुन्ने प्रणाली रहेको छ । उक्त कमिटीमा लगभग सबै जना बेइजिङ समर्थक नै रहने गरेका छन। ली हङकङका पूर्व मुख्य सचिव हुन् भने प्रमुख प्रशासकपछि दोस्रो तहका उच्च अधिकारी पनि हुन् ।

सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गर्दा भएको सहमति चीनले पालना नगरेको भन्ने गुनासोबीच झन् कट्टर चीन समर्थक हङकङको प्रमुख प्रशासक बन्ने भएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ