एक्लै यात्रा गर्न प्रतिबन्ध लगाएको तालिवार सरकार महिलामाथि थप कठोर बन्दै, सार्वजनिक स्थलमा अनिवार्य बुर्का

एक्लै यात्रा गर्न प्रतिबन्ध लगाएको तालिवार सरकार महिलामाथि थप कठोर बन्दै, सार्वजनिक स्थलमा अनिवार्य बुर्का

  • आइतवार, बैशाख २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

२५ बैशाख, काठमाडौं । अफगानिस्तानमा तालिवान सरकार महिलामाथि थप कठोर बनेको छ । तालिवान सरकारले महिलाहरूलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा बुर्का लगाउनुपर्ने नियम लागू गर्दै महिलामाथि कठोर प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
अफगानिस्तानका सर्वोच्च नेता तथा तालिवान प्रमुख हिबातुल्लाह अखुन्दजादाले सार्वजनिक स्थानमा महिलाका लागि कडा ड्रेस कोड अनुमोदन गरेका हुन् ।

सो उर्दीले महिलाले आफ्नो अनुहार र शरिर ढाक्ने निलो रङको परम्परागत अफगान बुर्का लगाउनुपर्ने छ । तालिवानको यो कदमप्रति विश्वका अधिकारवादी संघ संस्थाहरूले भने विरोध जनाएका छन । सत्तामा आएपछि तालिवानहरूले अफगान महिलालाई लक्षितगरि धेरै प्रतिबन्ध लागू गरिसकेका छन ।

उनीहरूलाई सरकारी जागिर, माध्यमिक शिक्षा र शहर बाहिर एक्लै यात्रा गर्न प्रतिबन्ध लगाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ